कपिलवस्तु कांग्रेसका युवा नेता घिमिरेले पनि पार्टी छाडे, शर्मालाई सहयोग गर्ने
तौलिहवा । नेपाली कांग्रेस, कपिलवस्तुका युवा नेता डोलकराम घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् ।
घिमिरेले कांग्रेसको महाधिवेशन प्रतिनिधि पदबाट राजीनामा दिएका हुन् । कांग्रेसभित्रको आन्तरिक विवाद र गगन थापा समूहको हर्कतबाट दिक्क भएका युवा नेता घिमिरेले कांग्रेस पार्टी परित्याग गरेका हुन् ।
कपिलवस्तु क्षेत्र नं. १ (१) बाट केन्द्रले सिफारिस र प्रक्रिया विपरीत टिकट दिएको भन्दै घिमिरेले राजीनामा दिएका हुन् ।
युवा नेता घिमिरेले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
यसअघि, सोही क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि वीरेन्द्र श्रेष्ठले पनि पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार शर्मालाई जिताउन अपील गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया