आईजीपी कार्कीद्वारा लुम्बिनी प्रदेशका जिल्लाहरुको भ्रमण, मातहतलाई विशेष निर्देशन
मसुरिया । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुको भ्रमण, निर्देशन, अवलोकका साथै विधि कार्यक्रमहरुमा सहभागी भएका छन् ।
मंगलबार भैरहवा विमानस्थल उत्रिएका आईजीपी कार्की रुपन्देही, कपिलवस्तु, दाङ, बाँके जिल्लामा विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् । कार्की बुधबार काठमाडौं फर्किएका छन् । मधेस प्रदेशको कार्यक्रमहरुमा सहभागी हुन् आईजीपी कार्की बिहीबार जनकपुर जाने कार्यक्रम रहेको बुझिएको छ ।
लुम्बिनी प्रदेशका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा आईजीपी कार्कीले निर्वाचनमा केन्द्रित रहेर शान्ति सुरक्षा बनाउन, भयरहित र निष्पक्ष चुनावका लागि वातावरण बनाउन निर्देशन दिएका छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकले ठूलो क्षति व्यहोरेको र खरानीबाट उठेको प्रहरीले उच्च मनोवलका साथ राष्ट्रका लागि एकपटक फेरि मनैदेखि काम गर्ने समय आएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया