कमलामाई नगरपालिकाका मेयरसँग अख्तियारद्वारा सोधपुछ
काठमाडौंग । अख्तियार दुरुपयोग अनुसन्धागन आयोगले सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलसँग टोलीले सोधपुछ गरेको छ ।
काठ हिनामिना गरेको उजुरी परेपछि छानबिन गरिरहेको आयोगको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोली पोखरेलको घरमै पुगेर उनीसँग सोधपुछ गरेको हो ।
सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा काठ हिनामिना गरेको उजुरीका आधारमा उनीसँग सोधपुछ गरिएको आयोगको बर्दीबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले बताएए ।
उक्त सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ समेत हिनामिना गरेको उजुरी आयोगमा परेको छ । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Published : Wednesday, 2026 February 4, 10:27 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया