कांग्रेस सभापतिविरुद्ध उत्तेजक अभिव्यक्ति दिने रास्वपाका उम्मेदवार थापालाई ४८ घण्टे पुर्जी

काठमाडौं । नेपाली कांग्रेस बामगतीका सभापति समेत रहेका बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध निकै तुच्छ र अनर्गल आक्षेप लगाएर भिडियो सामाजिक सन्जालमा सार्वजनिक गरेपछि निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीगगगग (रास्वपा)का उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधेको छ ।

थापा बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन् । थापाले दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।

थापाले बागमतीका मुख्यमन्त्री बानियाँलाई लक्ष्य गरी गाली गरेको भन्दै निवेदन परेपछि आयोगले स्पष्टीकरण सोधेको जनाएको छ । मुख्यमन्त्री बानियाँले थापाले आफूमाथि आरोप लगाउँदै गाली गरेको भन्दै कानूनी उपचार खोज्ने बताएका थिए ।

समयमै सडक नबनाएको भन्दै थापाले मुख्यमन्त्री बानियाँलाई लक्ष्य गरी अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्री बानियाँले भने उक्त सडक ठेक्काको अवधि २०८४ सम्म रहेको र हिउँ परेका बेला बाटो बनाउन गाह्रो हुने कुरा बताएका थिए । आफूले उक्त कम्पनी छाडिसकेको उनको बताएका छन् । आयोग स्रोतका अनुसार थापालाई ३ दिन अर्थात् ४८ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।

Published : Sunday, 2026 February 1, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया