कपिलवस्तु १ मा मतदाताहरूसँग निरन्तर भेटघाट बढाउँदै युवा नेता शर्मा
तौलिहवा । कपिलवस्तु क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका आषिश शर्माले मतदाताहरूसँग गाउँगाउँमा पुगेर भेटघाटलाई निरन्तरता दिएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका युवा नेता शर्माले बिहीबार कपिलवस्तुको शुद्धोधन नगरपालिका वडा नं. ५ हथिहवाका मतदाताहरूसँग भेट गरेका छन् । उनले मतदाताहरूसँग आफूलाई विजयी बनाउन आग्रह पनि गरेका छन् ।
शर्माले भने, ‘आदरणीय दाजुभाइ, दिदीबहिनी तथा अग्रजहरूसँगको प्रत्यक्ष साक्षात्कारले मन निकै उत्साहित भएको छ । यो केवल एक औपचारिक भेटघाट मात्र थिएन बरु हाम्रो साझा समस्या र सपनाहरूमाथि गरिएको गहन मन्थन थियो ।’
‘तपाईहरूले मेरो काँधमा राखिदिनुभएको यो विश्वास र भरोसालाई म टुट्न दिने छैन,’ शर्माले भने, ‘तपाईका प्रत्येक आवाजलाई सदन र सडकमा इमानदारीपूर्वक उठाउने वाचा गर्दछु । तपाईहरूको साथ नै मेरो शक्ति हो, धन्यवाद हथिहवा ।’
स्थानीय युवाहरूसहित सबै उमेर समूहमा लोकप्रिय मानिने युवा नेता शर्मालाई निर्वाचन आयोगले चुनाव चिन्ह ‘जीप’ दिएको छ । शर्माले आफूलाई ‘जीप’ चिन्हमा मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया