रेशमलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बिहीबार न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले चौधरीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यसअघि एकल न्यायाधीशको इजलासबाट भएको आदेश अनुसारकै काम अगाडि बढाउन संयुक्त इजलासले अर्को आदेश दिएको छ ।
सर्वोच्चले यसअघि निर्वाचन आयोगलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।
सर्वोच्चबाट भएको फैसला, अन्य अदालतमा चौधरीसँग सम्बन्धित विचाराधीन निवेदनलाई अध्ययन गर्नुपर्ने ११ माघको आदेशमा उल्लेख गरेको थियो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ मा प्रत्यक्षतर्फ चौधरीले उम्मेदवारी दर्ता गरेका थिए ।
कैलालीको टीकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय पाएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णय गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया