एमसीसी परियोजनाको दायाँबायाँ २३ मिटरभित्र संरचना बनाउन र रुख रोप्न नपाइने

काठमाडौं । सरकारले एमसीसी परियोजना अन्तर्गत बन्ने प्रसारण लाइन दायाँबायाँ संरचना बनाउन तथा रुख रोप्न नपाउने गरी तय स्थानको सूची सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार विद्युत् प्रसारण लाइन दायाँबायाँ २३/२३ मिटर क्षेत्रफलमा यस्तो संरचना बनाउन पाइने छैन । यो आयोजना अन्तर्गत कुल १ हजार ३ सय ८१ हेक्टर जमिनमा संरचना बनाउन रोक लगाइएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल विकास समितिले निर्माण गर्ने ४ सय केभी विद्युत् प्रसारण लाइनका लागि यस्तो निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

यसरी रुख रोप्न तथा संरचना बनाउन रोक लगाइएका क्षेत्रमा बर्दघाट पूर्व, बर्दघाट सुस्ता पश्चिम, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काठमाडौंमा संरचना बनाउन नपाउने गरी क्षेत्र सार्वजनिक भएको छ ।

Published : Thursday, 2026 January 29, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया