आईजीपी कार्कीको निरन्तरको प्रयासपछि प्रहरीको रासन भत्ता सेना सरह बढ्यो
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निरन्तरको प्रयासपछि सरकारले नेपाल प्रहरीको रासन स्केलमा वृद्धि गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको रासन बृद्धि गर्ने निर्णय गरेको हो । बृद्ध भएको नयाँ रासन भत्ताको स्केल फागुन १ गतेदेखि नेपाल प्रहरीले पाउनेछन् ।
उपत्यकामा हाल कार्यरत प्रहरी कर्मचारीले दैनिक १६ आइटम बराबर २०१ रुपियाँ पाउने गरेका छन् । आईजीपी कार्कीको प्रस्तावमा गृह मन्त्रालयले मन्त्रिपरिषदबाट रासन भत्तालाई बढाएर सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको सरह बनाउने निर्णय गरेको छ ।
नेपाली सेनाका सकलदर्जाले अहिले २४ आइटम र सशस्त्र प्रहरीले १९ रासन पाउँदै आएका छन् । २०७८ सालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता १५ प्रतिशत वृद्धि भएको थियो ।
नेपाल प्रहरी सबैभन्दा धेरै खटिने भए पनि सशस्त्र प्रहरी र सेनाको तुलनामा ४६ जिल्लामा कम रासन स्केल छ । नेपाली सेनाको हकमा झनै कम छ ।
केही जिल्लामा सशस्त्रसँग नेपाल प्रहरीको बराबर रहेको देखिन्छ । त्यसमा तराईका केही जिल्लाहरू पर्छन् । कञ्चनपुरमा सशस्त्र प्रहरीको २ सय ४ रुपियाँ दैनिक स्केल हुँदा नेपाल प्रहरीको १ सय ९० रुपियाँ छ ।
नेपाल प्रहरीमा रासन भत्तामा मात्र वार्षिक ६ अर्बभन्दा बढी खर्च हुने गरेको छ । नेपाल प्रहरीले कर्मचारीलाई भत्तामा नगद नै दिने गरेको छ । सशस्त्र प्रहरीले भने रासन किनेर दिने गरेको छ । नेपाली सेनाले ब्यारेकमा मेस नै सञ्चालन गरेको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया