कांग्रेस उम्मेदवार चौधरीद्वारा दाङ १ का मतदाताहरूसँग भेटघाट र छलफल
लमही । दाङ क्षेत्र नं. १ ले झण्डै बीस वर्षपछि नेपाली कांग्रेसबाट उम्मेदवार पाएको छ ।
विभिन्न राजनीतिक कारणहरूले गर्दा कांग्रेसले दाङ १ लाई गुमाउँदै आएको थियो । यस पटक कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीलाई दाङ १ ले उम्मेदवारका रुपमा पाएको छ ।
कांग्रेस उम्मेदवार चौधरी युवाहरू लगायत सबै मतदाताप्रति रुचाइएका उम्मेदवारमा पर्छन् । उनले दाङ १ को विकास र उन्नतिका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
यसैबीच कांग्रेस उम्मेदवार चौधरीले आफ्नो प्रचार प्रसारलाई अगाडि बढाएका छन् । बिहीबार बिहान उनले गढवा गाउँपालिका–७ अन्तर्गत घोराहाका मतदातासँग भेटघाट तथा छलफल गरेका छन् ।
उनले लोकतन्त्रको रक्षा, समग्र दाङको विकास तथा जनताको समस्या समाधानका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताएका छन् । जनतासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया