रुपन्देही २ मा कांग्रेसका चुन्नुको चुनौती, जोखिममा भेट्रानहरू
बुटवल । रुपन्देही २ मा नेपाली कांग्रेस र एमालेका दुई उम्मेदवारबीच कडा टक्कर पर्ने देखिएको छ ।
कांग्रेसबाट चुन्नुप्रसाद पौडेल पहिलो पटक उम्मेदवार बनेका छन् । पौडेल रुपन्देही २ मा लोकप्रिय मानिन्छन् । पटक पटक टिकटका लागि कांग्रेसले सिफारिस गरे पनि यस पटक भने कांग्रेस नेतृत्वले न्याय गरेर पौडेलले टिकट दिएको छ । सामान्य जीवनयापनमा रुचि राख्ने कांग्रेस नेता पौडेल रुपन्देही २ का मतदाताका लागि परिचित नाममा पर्छ ।
एमालेबाट विष्णुप्रसाद पौडेलले टिकट पाएका छन् । भेट्रान नेताको परिचय बनाएका एमालेका विष्णु पटक पटक उम्मेदवार बनेका र अवसर पाएका नेतामा पर्छन् । विष्णुलाई रुपन्देही २ ले अनुभूति गरिसकेको छ । यस पटक रुपन्देही २ मा विष्णुका लागि जेखिम छ । रुपन्देही २ मा जोखिम देखेपछि विष्णु पाल्पा पुगेका थिए । पछि बाध्य भएर रुपन्देही २ मा झर्न पुगेका विष्णुका लागि यो चुनाव निकै जोखिमपूर्ण छ ।
रुपन्देही २ का मतदाताले यस पटक नयाँ नेता र नेतृत्वको खोजीमा छ । स्थानीय मतदाताहरू पनि कांग्रेसका उम्मेदवार पौडेलप्रति लचक देखिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुलभ खरेल उम्मेदवार बनेका छन् । रुपन्देही ३ मा अघिल्लो चुनावमा रास्वपाले राम्रो मत लिएको थियो ।
कांग्रेसबाट उम्मेदवार बनेका पौडेल जीवनभरको अथक मेहनत, ईमानदारी र अनुशासनको बलियो जगमा उभिएका उम्मेदवार हुन् ।
कांग्रेसका उम्मेदवार पौडेल आफै पनि उद्योगी व्यवसायी हुन् । रुपन्देहीबासीहरूका लागि पौडेल केवल एक सफल उद्योगी मात्र होइन, एक निष्ठावान् समाजसेवीका रूपमा पहिल्यै स्थापित भइसकेका छन् ।
कांग्रेसका उम्मेदवार पौडेल राजनीतिमा सम्पत्ति जोड्न वा भ्रष्टाचार गर्न आएका होइनन् । उनले राजनीतिलाई पेशा पनि बनाएका छैनन् ।
जनताको पीडा बुझेर, रुपन्देहीबासीहरूले भोग्दै आएका विविध समस्याहरूलाई नीति निर्माणको तहबाटै समाधान गर्ने स्पष्ट उद्देश्यका साथ कांग्रेस नेता पौडेलले पार्टीबाट टिकट लिएर उम्मेदवार बनेका छन् । कांग्रेसको लामो राजनीति गरेर आएका पौडेललाई यस पटक रुपन्देही २ ले नयाँ उम्मेदवारका रुपमा पाएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया