अमेरिकन युवकले चन्द्रमामा होटल बनाउने, बुकिङ खुला
न्यूयोर्क । अमेरिकामा जीआरयू स्पेस नामक स्टार्टअप कम्पनीले आगामी सन् २०३२ सम्म चन्द्रमामा संसारकै पहिलो होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।
महत्वाकांक्षी योजनालाई मूर्तरुप दिनका लागि कम्पनीले अहिलेदेखि नै अन्तरिक्ष प्रेमीहरूका लागि होटलका कोठा बुकिङ खुलाएर अग्रिम भुक्तानी लिन शुरु गरिसको छ । २१ वर्षीय अमेरिकी युवा स्काइलर च्यानले चन्दमामा होटल बनाउन लागेका हुन् ।
चन्द्र होटलका कोठाको अन्तिम मूल्य कति हुने हो ? अझै तय भइसकेको छैन । एउटा कोठाको मूल्य १ करोड अमेरिकी डलरभन्दा धेरै हुने अनुमान संस्थापक च्यानको छ ।
अग्रिम बुकिङका लागि त्यो सबै रकम भुक्तानी गर्नुपर्ने छैन । छनोट गरेका सुविधा अनुसार कम्पनीले हाल २ लाख ५० हजारदेखि १० लाख डलरसम्म डिपोजिट लिइरहेको छ ।
चन्द्रमामा होटल निर्माणको घोषणा यसअघि अन्य कतिपय कम्पनीहरूले गरिसकेका छन् । जीआरयू स्पेसको योजना अरूभन्दा फरक छ ।
पृथ्वीबाट निर्माण सामग्री र भारी मेसिनरी चन्द्रमामा पठाउनुको सट्टा कम्पनीले रोबोटिक प्रविधि प्रयोग गर्ने योजना बनाएको छ । यी रोबोटहरूले चन्द्रमाको माटोबाट बलिया र टिकाउ ब्लक तयार गर्नेछन् । ती ब्लक प्रयोग गरेर चन्द्रमाको कठोर वातावरण सहन सक्ने बलियो संरचना खडा गरिनेछ ।
नियामक निकायको स्वीकृति प्राप्त भएमा संसारकै पहिलो यो चन्द्र होटलको निर्माण कार्य सन् २०२९ बाटै सुरु हुने अपेक्षा गरिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया