बालेनको प्रतिशोधपूर्ण अभिव्यक्ति, हर्कद्वारा बालबालिका प्रयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र साह (बालेन) र श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले आचार संहिता उल्लंघन गरेपछि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

झापा ५ का रास्वपाका उम्मेदवार बालेन र सुनसरी १ का श्रम संस्कृति पार्टी उम्मेदवार साम्पाङविरुद्द निर्वाचन आयोगमा उजुरी परेको छ । दुवै जनाविरुद्ध आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी परेको हो ।

बालेनले एमाले अध्यक्ष केपी ओलीलाई ७६ जना बच्चाको हत्यारा भन्दै मानहानी र प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति दिएको भन्दै छानबिन गरी कारबाहीको माग गर्दै उजुरी परेको छ । कुनै पनि उम्मेदवारविरुद्द गलत र भ्रमपूर्ण अभिव्यक्ति दिनु निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै उजुरी दिइएको छ ।

त्यसैगरी सुनसरी १ का श्रम संस्कृति पार्टीका उम्मेदवार साम्पाङले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै उजुरी परेको छ ।

आयोगले दुवै उजुरीमाथि छानविन गरिरहेको र उनीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको जनाएको छ । सम्पाङ र बालेनले निर्वाचन आचार संहिता निरन्तर उल्लंघन गर्दै आएको आरोप लागेका बेला उजुरी परेका छन् ।

Published : Monday, 2026 January 26, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया