प्रेमीलाई बोलाएर पतिको हत्या, त्यसपछि अश्लील भिडियो हेरे
नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छिन् ।
महिलाले पतिलाई बिरयानी खुवाएर हत्या गरेकी हुन् । बिरयानीमा निद्रा लगाउने चक्कीको धुलो उनले मिसाएकी थिइन् । श्रीमान निदाउन थालेपछि महिलाले प्रेमीलाई घरमा बोलाएर दुबै जना मिलेरले सुतेका पतिको घाँटी थिचेर हत्या गरेका छन् ।
स्थानीय प्रहरीले शुरुमा प्राकृतिक मृत्यु भनिएको यो घटनामा संदिग्ध दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । फरेन्सिक जाँचपछि मृत्यु निसास्सिएर भएको पुष्टि भएको थियो ।
प्रहरी अनुसन्धानअनुसार मृतक लोकम शिवनगराजुलाई श्रीमती लक्ष्मी माधुरी र उनका प्रेमी गोपीले हत्या गरेका थिए । माधुरी गोपीसँग लामो समयदेखि अवैध सम्बन्धमा थिइन् ।
शिवनगराजु गहिरो निद्रामा गएपछि पत्नीले आफ्ना प्रेमी गोपीलाई बोलाएर दुबैले मुखमा सिरानी राखेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
हत्या लुकाउन माधुरीले गाउँलेलाई हृदयघातबाट मृत्यु भएको भनेकी थिइन् । बिहान घर घरमा पुगेर उनले छिमेकीलाई घटनाबारे जानकारी दिएकी थिइन् ।
शिवनगराजुका बुबा र साथीहरूले शरीरमा रगतका दाग र चोट देखेपछि शंका गरेका थिए । त्यसपछि उनीहरूको उजुरी प¥यो अनि प्रहरी अनुसन्धान सुरु भयो । पोस्टमार्टमबाट मृत्यु निसास्सिएर भएको देखियो । रिर्पोटमा छातीमा चोट पनि पुष्टि भयो ।
माधुरी र गोपीलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । मोबाइल फोनको फरेन्सिक जाँचबाट माधुरीले रातभरि पतिको मृत शरीर छेउमा राखेर प्रेमीसँगै अश्लील भिडियो हेरेको खुलेको छ । सोधपुछमा उनले गोपीसँग मिलेर हत्या गरेको स्वीकार गरेकी हुन् ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया