झापा २ मा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंद्वारा उम्मेदवारी दर्ता

दमक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।

मंगलबार निर्वाचन कार्यालयमा नेता तथा कार्यकर्ताहरूसहित पुगेकी नेतृ प्रसाईंले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएकी हुन् । झापा २ का मतदाताहरूले विजयी बनाउनेमा विश्वास लिएको उनले बताएकी छिन् ।

कांग्रेसमा इमान्दारिता, निष्ठा र मूल्यमान्यताको राजनीति गर्दै आएकी नेतृ प्रसाईं महिला नेतृमा लोकप्रिय मानिन्छन् ।

Published : Tuesday, 2026 January 20, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया