गगन–विश्वले अबैध विशेष महाधिवेशनबाट कांग्रेस फुटाउन लागेपछि साथ दिएका २ दीग्गज नेताद्वारा बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन गर्न निर्वाचन प्रक्रियाको कार्यक्रम अगाडि बढाएपछि अबैधानिक विशेष महाधिवेशनमा सहभागी भएका नेताद्वय डा.चन्द्र भण्डारी र डा.सुनिल शर्मा विशेष महाधिवेशन र नेतृत्व चयन प्रक्रिया बहिस्कार गरेर बाहिरिएका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विभाजन गर्न निर्वाचन समिति बनाएर नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेता डा.शर्माले भृकुटीमण्डपबाट नेतृत्व चयनले पार्टी फुटाउने भन्दै आफूहरू नेतृत्व चयन प्रक्रियाबाट अलग्गिएको बताएका छन् ।

केन्द्रीय सदस्य डा.भण्डारीले पार्टी विभाजनको पक्षमा आफू नरहेको बताए । एकपक्षीय नेतृत्व घोषणा गर्ने पक्षमा नरहेको उनले बताए ।

अबैधानिक विशेष महाधिवेशनको पक्षमा खुलेका डा.भण्डारी र डा.शर्माले कांग्रेस विभाजन गर्ने गगन–विश्वको गतिविधिमा असहमति जनाउँदै बाहिरिएका छन् ।

Published : Tuesday, 2026 January 13, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया