कांग्रेस केन्द्रीय कार्यालय, सानेपाको सुरक्षा दिन २ हजार तरुण, युवा, विद्यार्थी उपस्थित
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाली कांग्रेस विभाजन गर्ने अन्तिम तयारी गरेपछि नेपाल तरुण दल पार्टी कार्यालय, सानेपामा सुरक्षार्थ खटिएको छ ।
सोमबार बिहानैदेखि पार्टी कार्यालय, सानेपामा कांग्रेसका नेता, तरुण, विद्यार्थी, महिला लगायतको ठूलो उपस्थिति रहेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका नेताहरू सानेपामा छन् । उनीहरूले पार्टी कार्यालय, सानेपालाई सुरक्षा दिने बताएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले विधान विपरीत विशेष महाधिवेशनको नाममा भेला बोलाएका छन् । थापा र शर्माको भेला काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दिन चलिरहेको छ । भृकुटीमण्डपको अबैधानिक भेलाबाट कांग्रेस विभाजन गर्न महामन्त्री शर्माले प्रस्ताव समेत पेस गरिसकेका छन् ।
अबैधानिक बेलाले महामन्त्री गगन थापालाई सभापति घोषणा गरेर कार्यसमिति बनाउने तयारी गरेको छ । थापा र शर्माको अबैधानिक गतिविधिहरूले सीमा नाघेपछि तरुण, युवा, विद्यार्थीले पार्टी कार्यालयलाई सुरक्षा दिन खटिएका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया