सरकारी टोलीद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन, क्षतिबारे जानकारी लियो
काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको राजनीतिक संवाद समितिको टोलीले अनुगमन गरेको छ ।
मंगलबार टोलीले कांग्रेस केन्द्रीय कार्यालय, सानेपाको अनुगमन गरेको हो । सरकारी टोलीलाई उपसभापति धनराज गुरुङसहितका पदाधिकारीले क्षतिका विषयमा जानकारी गराएका छन् ।
समितिमा कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।
भदौ २३ र २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरूमा लुटपाट, आगजनी भएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया