सरकारी टोलीद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन, क्षतिबारे जानकारी लियो

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको राजनीतिक संवाद समितिको टोलीले अनुगमन गरेको छ ।

मंगलबार टोलीले कांग्रेस केन्द्रीय कार्यालय, सानेपाको अनुगमन गरेको हो । सरकारी टोलीलाई उपसभापति धनराज गुरुङसहितका पदाधिकारीले क्षतिका विषयमा जानकारी गराएका छन् ।

समितिमा कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।

भदौ २३ र २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरूमा लुटपाट, आगजनी भएको थियो ।

Published : Tuesday, 2025 December 23, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया