एनआरएनएद्वारा प्रहरी वृत्त, दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रहरी वृत्त, दरबारमार्ग, काठमाडौंलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ ।

शुक्रबार एनआरएनएले दरबारमार्गमा आयोजित कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेको छ ।

गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो । आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रूपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ‘ब्यारिकेड’ प्रदान गरिएको एनआरएनएले जनाएको छ ।

यसअघि एनआरएनएले महानगरीय प्रहरी वृत्त, रानीपोखरीमा फर्निचर सहयोग गर्नुका साथै उपत्यका ट्राफिक प्रहरी कन्ट्रोल रुम रामशाह पथमा अत्याधुनिक उपकरणहरू सहयोग गरेको छ ।

कार्यक्रममा प्रहरी वृत्त प्रमुख डीएसपी डाँगीले शान्ति सुव्यवस्था कायम गर्नका लागि एनआरएनएको सहयोग महत्त्वपूर्ण हुने भन्दै आभार व्यक्त गरेका छन् । एनआरएनएले वृत्तलाई ३ लाख मूल्य बराबरको १० थान ब्यारिकेड हस्तान्तरण गरेको हो ।

Published : Friday, 2025 December 19, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया