कांग्रेस नेता वीरेन्द्र कनौडियाको संरक्षणमा रासायनिक मल तस्करी, भतिजाको उद्योगमा छापा
चन्द्रौटा । नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियाका भतिजा मनोज कनौडियाको प्लाईउड उद्योगमा सशस्त्र प्रहरी बल, नेपालले छापामारेर तस्करीको ठूलो परिमाणको अबैध युरिया मल बरामद गरेको छ ।
तस्करी गरी भित्र्याइएका १८१ बोरा भारतीय कम्पनीको युरिया मल प्लाईवुड उद्योगमा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ रुद्रपुरमा रहेको जय अम्बे प्लाईउड ईन्डस्ट्रिज प्रा.लि.मा सशस्त्र प्रहरी बल, नेपालको टोलीले छापामारेर १८१ बोरा भारतीय युरिया मल बरामद गरेको थियो ।
युरिया मल कृष्णनगर भन्सार कार्यालयमा ल्याइएको भन्सार कार्यालयका सूचना अधिकृत मयङ्ककुमार कर्णले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद वीरेन्द्र कनौडियाले बिगतमा महालक्ष्मी सुगर मिलमा किसानको करोडौंको उखु खरिद गरेर पैसा भुक्तानी नगरेर किसानलाई ठगी गरेका थिए । वीरेन्द्र कनौडियाको संरक्षणमा उनका भतिजा मनोज कनौडियाले प्लाईउड उद्योगमा तस्करी गरेर भित्र्याइएको रासायनिक मल बरामद भएको छ ।
किसानले गहुँ बालीमा हाल्नका लागि रासायनिक मल पाइरहेका छैनन् । तर, वीरेन्द्र कनौडियाका भतिजा र परिवारका सदस्यहरूले रासायनिक मल तस्किरी गरेर अकुत कमाइ गरिरहेका छन् ।





बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया