कांग्रेसद्वारा रौतहट २ मा युवा नेता डा.फिरदोश आलमको नाम एकल सर्वसम्मत सिफारिस
गौर । नेपाली कांग्रेस, रौतहट क्षेत्र नं. २ ले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ युवा नेता डा.फिरदोश आलमलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको छ ।
बिहीबार रौतहटमा आयोजित कांग्रेसको क्षेत्रीय कार्यकर्ता भेलामा डा.आलमको नाम सिफारिस गरेको जानकारी दिइएको छ । डा.आलम फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सर्वसम्मतिबाट सिफारिस गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।
भेलामा स्थानीय तहका पदाधिकारी, वडा प्रतिनिधि तथा क्षेत्रीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले डा.आलमको संगठनप्रतिको सक्रियता, क्षेत्रको विकासमा देखाएको नेतृत्व क्षमता तथा जनसमस्याको समाधानमा गरिएको पहललाई मूल्याङ्कन गर्दै डा.आलमको उम्मेदवारीलाई सर्वसम्मत समर्थन व्यक्त गरेको जनाएका छन् ।
डा.आलमको सिफारिससँगै रौतहट क्षेत्र नम्बर २ मा कांग्रेसका कार्यकर्ता तथा समर्थकहरूले आगामी निर्वाचनप्रति सकारात्मक वातावरण बनेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया