अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द
लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ ।
सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको रेकर्ड दर्ज भएको छ । जसबाट ओजोन तहको पत्र बिस्तारै बलियो बन्दै गएको वैज्ञानिकको तर्क सही रहेको समेत पुष्टि भएको छ ।
कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार २०२० देखि २०२३ को बीचमा देखिने ठूलो र लामो समयसम्म रहने छिद्रको विपरीत २०२४ र २०२५ मा लगातार सानो ओजोन छिद्र बाँकी रहेको संकेत दिएको छ ।
वैज्ञानिकहरूका अनुसार मन्ट्रियल प्रोटोकलको प्रभाव र बदलिँदो वायुमण्डलीय परिस्थितिबीच पत्र बिस्तारै सुधारको दिशामा छ ।
अन्टार्कटिकामाथि हरेक वर्ष अगस्टदेखि डिसेम्बरको बीचमा ओजोन छिद्र विकसित हुने गर्छ । यस वर्ष यो प्रक्रिया अगस्टको मध्यमा सुरु भएको थियो, जो सामान्य प्याटर्नअनुरुप हो । डिसेम्बरको सुरुवातसम्म ओजोन छिद्रको विस्तार बढेर २.१ करोड वर्गकिलोमिटरसम्म पुगेको थियो ।
सन् २०२३ को २.६१ करोड वर्गकिलोमिटरको अभूतपूर्व छिद्रको तुलनामा धेरै कम मानिन्छ । सेप्टेम्बरभरि यो छिद्र डेढदेखि २ करोड वर्गकिलोमिटरको दायरामा बनेको थियो, जसको आकार अन्टार्कटिकाको क्षेत्रफलबराबर मानिन्छ ।
अक्टुबरको अन्त्यसम्म यो स्थिति लगभग समान थियो । नोभेम्बरदेखि छिद्र तीव्र गतिमा कम हुन सुरु भयो र अन्ततः १ डिसेम्बरमा बन्द भयो । यसपटक ओजोन कोलमको न्यूनतमस्तर पछिल्ला केही वर्षको तुलनामा निकै राम्रो रह्यो । यसै कारण ओजोन मास डेफिसिट पनि औसत रूपमा कम दर्ज गरिएको छ ।
यी दुवै यस वर्ष छिद्रको गहिराइमा कम र घातक प्रभावका हिसाबले कमजोर भएको संकेत हो । यो अवधिमा स्ट्रेस्टोस्फियरमा हावा पनि अपेक्षाकृत कमजोर रह्यो, जसका कारण बाहिरी क्षेत्रबाट ओजोन–समृद्ध हावा अन्टार्कटिकाको माथिल्लो हिस्सामा प्रवेश गर्न सक्यो ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया