कांग्रेसद्वारा केन्द्रीय निर्वाचन समितिमा दुई अधिवक्तालाई मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय निर्वाचन समितिमा सदस्यहरूमा दुई जनालाई मनोनयन गरेका छन् ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कार्यबाहक सभापति खड्काले अधिवक्ताद्वय राजेश्वर अधिकारी (लम्जुङ) र राजु कटुवाल (सुनसरी)लाई सदस्यमा मनोनयन गरेका हुन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम नेपाली कांग्रेसका कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता श्री राजेश्वर अधिकारी (लम्जुङ) र अधिवक्ता श्री राजु कटुवाल (सुनसरी)लाई सदस्यमा मनोनयन गर्नु भएको छ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया