आईजीपी अर्यालद्वारा नं. ३५ शैलेश्वरी गणको अवलोकन र मातहतलाई निर्देशन

महेन्द्रनगर । सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्यालले नं. ३५ शैलेश्वरी गण, कञ्चनपुरको निरीक्षण भ्रमण गरेका छन् ।

सोमबार साँझ आईजीपी अर्यालले नं.३५ शैलेवरी गण, कञ्चनपुको निरीक्षण भ्रमण गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका छन् ।

आईजीपी अर्यालले मातहतलाई जनताको सेवामा खटिन निर्देशन दिएका छन् । उनले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल सरकारले तयारी गरिरहेको भन्दै सशस्त्र प्रहरीको तर्फबाट सबै तयारी गर्न निर्देशन दिएका हुन् ।

आईजीपी अर्यालले नं. ३५ शैलेश्वरी गणको समस्या र मातहतका कर्मचारीहरूसँग समग्र विषयमा जानकारी लिएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठिका लागि आईजीपी अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालसँगै आएका थिए ।

Published : Tuesday, 2025 December 2, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया