आईजीपी अर्यालद्वारा नं. ३५ शैलेश्वरी गणको अवलोकन र मातहतलाई निर्देशन
महेन्द्रनगर । सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्यालले नं. ३५ शैलेश्वरी गण, कञ्चनपुरको निरीक्षण भ्रमण गरेका छन् ।
सोमबार साँझ आईजीपी अर्यालले नं.३५ शैलेवरी गण, कञ्चनपुको निरीक्षण भ्रमण गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका छन् ।
आईजीपी अर्यालले मातहतलाई जनताको सेवामा खटिन निर्देशन दिएका छन् । उनले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल सरकारले तयारी गरिरहेको भन्दै सशस्त्र प्रहरीको तर्फबाट सबै तयारी गर्न निर्देशन दिएका हुन् ।
आईजीपी अर्यालले नं. ३५ शैलेश्वरी गणको समस्या र मातहतका कर्मचारीहरूसँग समग्र विषयमा जानकारी लिएका छन् ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठिका लागि आईजीपी अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालसँगै आएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया