कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई अनुशासनको कारबाही गर्नुपर्छ : नेविसंघ नेता बस्नेत
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता सुशान्त बस्नेतले अनुशासन विपरितका कार्य गर्ने र सभापति शेरबहादुर देउवासहितका नेताहरूविरुद्ध गालीगलौज गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाहीको माग गरेका छन् ।
शुक्रबार काठमाडौंको तीनकुनेमा नियमित महाधिवेशन पक्षधर युवा, विद्यार्थीको बृहत भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘दुई महामन्त्रीद्वय जसरी पार्टीमा फुट ल्याउनु भएको छ । हामी युवाहरूले दुई महामन्त्रीहरूलाई बुझ्न जरुरी छ ।’
उनले भने, ‘म सम्माननीय नेताहरूलाई धेरै गाली गर्न चाहन्न । तर, उहाँहरूले आज सामाजिक सञ्जालमा जुन आतंक मच्चाइरहनु भएको छ, म यही मञ्चबाट महामन्त्रीहरूलाई च्यालेञ्ज गर्न चाहन्छु की तपाईहरूले फेक आईडी बनाएर कांग्रेसका हाम्रा नेताहरूलाई गाली गरिरहनुभएको छ यसको म घोर भर्त्सना गर्न चाहन्छु ।’
‘महामन्त्रीद्वयहरूले गर्नु भएको गलत प्रवृत्तिको विरुद्ध म पार्टी सभापतिज्यूलाई पनि भन्न चाहन्छु की यस्ता काम नलाग्ने महामन्त्रीहरूलाई पार्टीबाट निष्काषन गरेर कारबाही गर्नुपर्छ,’ नेविसंघ नेता बस्नेतले भने ।
बस्नेतले कीर्ते हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि बबण्डर मच्चाएको बताए । उनले कीर्ते कार्यको कांग्रेसमा स्थान नरहेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया