कांग्रेस केन्द्रीय कार्यसमितिबाट राजनेता शेरबहादुर देउवाको उच्च मूल्याङ्कन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको लिखित मन्तव्यलाई स्वागत गर्दै अनुमोदन गरेको छ ।
शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ‘असोज २८ गते पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्नु भएको सारगर्भित लिखित मन्तव्यलाई यस बैठकले स्वागत र अनुमोदन गर्दै उहाँ र उहाँको धर्मपत्नी पार्टी केन्द्रीय डा. आरजु राणा देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ ।’
सभापति देउवाप्रति केन्द्रीय कार्यसमितिले उच्च मूल्याङ्कन गर्दै राजनेताको सम्मान दिएको छ । शब्दमा राजनेता भनेर उल्लेख नभए पनि कांग्रेसको निर्णयले सोही कुरालाई दर्शाएको छ ।
सभापति देउवाले सालिन रुपमा प्रस्ततु भएर केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गरेका थिए । भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा हत्या गर्ने उद्देश्यले केही अराजक समूहले सांघातिक आक्रमणपछि देउवा र नेतृ डा.आरजु राणा गम्भीर घाइते भएका थिए । देउवाले उत्तेजित सम्बोधन गर्ने अपक्षा विरोधीहरूको थियो । देउवाले संयम भएर राजनेताको शैलीमा मुलुकलाई निकास दिने गरी लिखित मन्तव्य दिएका थिए ।
सभापति देउवाले उपसभापति पूर्णबहादुर देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर आफू पत्नीलाई लिएर सिङ्गापुर उपचारका लागि गएका थिए ।
सभापति देउवा र नेतृ डा.राणालाई गम्भीर घाइते बनाउँदा समेत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्कालीन समयमा एकशब्द पनि मानवीय समवेदनाको पक्षमा बोलेनन् । उनीहरूले आक्रमणको विरोध गरेनन् । घटनाको भर्त्सना पनि गरेका थिएनन् ।
सभासित देउवाले सबैलाई मिलाएर अगाडि बढ्न नेताहरूलाई अनुरोध गर्दै आएका छन् । उनले निर्वाचन केन्द्रित गतिविधि गर्नुपर्ने बताउँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया