शिक्षक नियुक्तिमा घुस लिएपछि प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिमा घुस लिएको भन्दै रौतहटको विद्यालयका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले जय किसान माध्यमिक विद्यालय धरहरी, रौतहटका प्रधानाध्यापक सञ्जय प्रसादसहित दुई जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्दा दायर हुने अर्का व्यक्तिमा राजदेवी नगरपालिका–७ वतन भएका अरविन्दप्रकाश साह कानु रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधानाध्यापक सञ्जय प्रसादले कानुसँगको मिलोमतोमा जय किसान माध्यमिक विद्यालयमा मावि तहको रसायन विज्ञान विषयको करार शिक्षक नियुक्तिका लागि दरखास्त दिएका सेवाग्राहीसँग परीक्षाको प्रश्नपत्र उपलब्ध गराइदिने र करारमा नियुक्ति दिलाई दिने भनी चार लाख ५० हजार रूपियाँ घुस लिएको आयोगले जनाएको छ ।
विभिन्न बहाना बनाई घुसबापत ४ लाख ५० रूपियाँ लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया