कांग्रेसमा सहमति खोज्न केन्द्रीय कार्यसमितिको बैठक तीन दिन पछाडि बस्ने गरि स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित भएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गते बिहीबार २ बजेसम्मका लागि स्थगित भएको आइतबार राति जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सहमति खोज्ने भन्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सोमबारसम्म केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेका थिए ।
मंसिर १ गते सोमबार दिउँसो १४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बस्ने भनिएकोमा बैठक मंसिर ४ गते बिहीबार दिउँसो १२ः०० बजे बस्ने भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न दिएका छैनन् । उनीहरूले विशेष महाधिवेशनको बहानामा कांग्रेसभित्र बबण्डर मच्चाउँदै आएका छन् । कांग्रेसले निर्वाचन केन्द्रित निर्णय गरेर राष्ट्रिय राजनीतिमा निर्णय गर्नुपर्ने सुझाव आइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया