कपिलवस्तुका उमेर पुगेका नागरिकहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न कांग्रेस नेता शाहको आग्रह
कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले मतदाता नामावलीका लागि १८ वर्ष उमेर पुगेका कपिलवस्तु जिल्लाका युवाहरूलाई नाम दर्ता गराउन आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेता शाहले फागुन २१ गतेको निर्वाचनमा मतदान गर्नका लागि उमेर पुगेको समूहलाई निर्वाचन आयोगले भनेअनुसार मतदाता नामावली संकलनको कार्यमा सहभागी भइ नाम दर्ता गराउन आग्रह गरेका हुन् ।
नेता शाहले कपिलवस्तुको तौलिहवामा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेका छन् । उनले कात्तिक ३० गतेसम्म मात्रै समय रहेकाले समयभित्र नाम दर्ता गराउनुपर्ने बताएका छन् । अनलाइनबाट पनि फारम भरेर निर्वाचन कार्यालय, तौलिहवा जाँदा छिटो हुने उनले बताए ।
Published : Tuesday, 2025 November 11, 7:29 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया