कपिलवस्तुका उमेर पुगेका नागरिकहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न कांग्रेस नेता शाहको आग्रह

कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले मतदाता नामावलीका लागि १८ वर्ष उमेर पुगेका कपिलवस्तु जिल्लाका युवाहरूलाई नाम दर्ता गराउन आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत नेता शाहले फागुन २१ गतेको निर्वाचनमा मतदान गर्नका लागि उमेर पुगेको समूहलाई निर्वाचन आयोगले भनेअनुसार मतदाता नामावली संकलनको कार्यमा सहभागी भइ नाम दर्ता गराउन आग्रह गरेका हुन् ।

नेता शाहले कपिलवस्तुको तौलिहवामा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेका छन् । उनले कात्तिक ३० गतेसम्म मात्रै समय रहेकाले समयभित्र नाम दर्ता गराउनुपर्ने बताएका छन् । अनलाइनबाट पनि फारम भरेर निर्वाचन कार्यालय, तौलिहवा जाँदा छिटो हुने उनले बताए ।

Published : Tuesday, 2025 November 11, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया