आईजीपीमा बढुवा भएका कार्कीले हवल्दार, सिपाहीहरूसहितसँग हात मिलाएर लिए शुभकामना

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा बढुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजीपी) दानबहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा प्रहरी कर्मचारीहरूले बधाई तथा शुभकामना दिएका छन् ।

मंगलबार रानीपोखरीमा कार्कीलाई प्रहरी कर्मचारीहरूले स्वागत गर्दै बधाई तथा शुभकामना प्रदान गरेका हुन् । कार्यालयका प्रहरी कर्मचारीहरू डीआईजीपीदेखि हवल्दार, जवानसम्मले एआईजीपी कार्कीलाई आईजीपी पदमा बढुवा भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । कार्कीले जवान लगायत सबैसँग हात मिलाएर शुभकामना आदान प्रदान गरेका छन् ।

मिति २०८२/०७/२४ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले, २०८२/०७/२७ गतेबाट लागू हुने गरी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीलाई ३३औँ प्रहरी महानिरीक्षकका रुपमा नियुक्त गरेको थियो ।

Published : Tuesday, 2025 November 11, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया