काठमाडौंमा दीवाकरको घरमा प्रहरी छापा, १६ लाखसहित २२ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवा खेलिरहेको अवस्थामा २२ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–८ मातातीर्थ, लंकोट बस्ने ४० वर्षीय दीवाकर महर्जनको घरमा प्रहरीले छापामारेर २२ जनालाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जुवा (कौडा) खेलिरहेको अवस्थामा दीवाकर समेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ जनाएको छ ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रूपियाँ र १६ थान कौडा बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2025 November 11, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया