सञ्चारमन्त्री खरेलद्वारा पितृ शोकमा रहेका कांग्रेस नेता खतिवडा र परिवारका सदस्यहरूसँग भेट

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पितृ शोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडालाई भेट गरेर समवेदना प्रकट गरेका छन् ।

सोमबार सञ्चारमन्त्री खरेलले काठमाडौंको सिफलस्थित किरियापुत्री भवनमा नेता खवितडा र परिवारका सदस्यहरूलाई भेट गरेर गहिरो दुःख प्रकट गरेका हुन् । नवौं दिन मन्त्री खरेल नेता खतिवडालाई भेट्न पुगेका हुन् ।

कांग्रेस नेता खवितडाका पिता स्व.जीवनाथ खतिवडाप्रति मन्त्री खरेलले श्रद्धाञ्जलि प्रकट गरेका छन् । खरेलले स्व.जीवनाथ खतिवडाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

Published : Monday, 2025 November 10, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया