‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक कमल बि.के. ‘निर्मोही’लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ ।

नेपाली गीत–संगीतमा उनले पु¥याएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान प्रदान गरिएको हो । गायक निर्मोही पछिल्ला वर्षहरूमा मृगौला रोगबाट पीडित रहँदै पनि निरन्तर सांगीतिक सिर्जनामा सक्रिय रहेका छन् । उनका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू आज पनि श्रोतामाझ अत्यन्त लोकप्रिय छन् ।

काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा सांगीतिक क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पुरस्कारका संरक्षक गायक तथा संगीतकार कन्हैया सिंह परियारले पुरस्कारको मूल उद्देश्य नेपाली संगीतमा उल्लेखनीय योगदान पु¥याएका अग्रज स्रष्टा र कलाकारहरूलाई जीवनकालमै सम्मान गर्ने रहेको बताए । उनले भने, ‘यो सम्मानले कलाकारको मनमा खुसी, जीवनमा उत्साह र सर्जनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।’

कार्यक्रमका संयोजक कीर्तिमान संगीतकार सन्तोष श्रेष्ठले कार्यक्रमको उदेश्य, उपादेयता र प्रभावकारिताको विषयमा प्रकाश पारेका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.ले ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ले गीत संगीतमा आवद्ध कलाकारहरूलाई नगद राशी सहितको पुरस्कार प्रदान गर्नु प्रशंशनिय कार्य रहेको बताउँदै यस्ता सम्मान कार्यक्रमहरूले कलाकारहरूमा नयाँ उत्साह, ऊर्जा थप्ने काम गर्ने बताए ।

‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’को विशेष अवसरमा ‘स्वरमाधुरी’ उपाधि प्राप्त वरिष्ठ गायिका अञ्जना गुरुङले आफ्ना केहि चर्चित गीतहरूलाई समावेश गरेर एकल सांस्कृतिक प्रस्तुति दिएकी छिन् ।

नेपाली संगीत क्षेत्रमा लामो योगदान दिँदै आएकी गुरुङले आफ्ना चर्चित गीतहरू “आँखीमा राख्छु मेरो देश, यस्तै हो माया मा, आँधी सरी तिम्रो माया, गङ्गारबे ढगुरुङ भाषाको गीत), जसले मुटु चुँडेर लग्यो, बदनाम भएँ म तिम्रैक कारणले, एटम बम, म त काली सुन्दरी, ठ्याक्कै भेटौला र माईली रोधी घरमा” प्रस्तुत गरेकी थिइन् ।

एकल साङ्गीतिक प्रस्तुतीमा युगल गायन (ठ्याक्कै भेटौला)मा भने गायक तथा संगीतकार कन्हैया सिंह परियारले गायिका गुरुङलाई साथ दिएका थिए ।

Published : Saturday, 2025 November 8, 4:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया