सङ्क्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउँछ : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटक पटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
बुधबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले करिब एकदशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको बताए ।
उनले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरि असन्तुष्टि पैदा हुने र त्यसले सङ्क्रमणकालीन अवस्था निम्त्याउने बताएका छन् ।
‘नेपालमा आन्दोलन धेरै भएका छन्, प्रायःजसो १० वर्षको आसपासमा विभिन्न कालखण्डमा केही न केही आन्दोलन गरिरहन्छौँ,’ श्रेष्ठले भने ।
‘आन्दोलन हुने, व्यवस्था परिवर्तन हुने र परिस्थिति परिवर्तन नहुने भइराखेको छ, यस्तो सङ्क्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउँछ,’ पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया