पूर्वराष्ट्रपति डा.यादवसँग गृहमन्त्री अर्यालद्वारा भेट, प्रधानमन्त्री कार्कीको प्रशंसनीय कार्य
काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेटवार्ता गरेका छन् ।
मंगलबार ललितपुरस्थित निवासमा पुगेर डा.यादवसँग गृहमन्त्री अर्यालले भेट गरेका हुन् । पूर्वराष्ट्रपति डा.यादवसँग भेट्न प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याललाई पठाएकी हुन् ।
निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षहरूसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा.यादवसँग भेटवार्ता गरेका छन् ।
गृहमन्त्री अर्यालले डा.यादवको स्वास्थ्य अवस्था र भदौ २३ र २४ गतेको घटनाले पारेको असरका सम्बन्धमा जानकारी लिएका छन् ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे डा.यादवलाई जानकारी गराएका छन् । सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम भन्दै उनले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति डा.यादवलाई समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह पनि गरेका छन् ।
पूर्वराष्ट्रपति डा.यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सराहना गरेका छन् । पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्तिहरू सामेल भएको कारण यस सरकारले निष्पक्ष चुनाव गराउन सक्ने विश्वास पनि डा.यादवले व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया