कांग्रेस नेता श्रेष्ठको आन्द्राको शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय गोपालमान श्रेष्ठको आन्द्राको शल्यक्रिया भएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नेता श्रेष्ठको आन्द्राको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको कांग्रेस केन्द्रीय कार्यालय, सानेपाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले उपचाररत रहेका नेता श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Published : Tuesday, 2025 November 4, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया