तरुण नेता पोखरेलको गगनलाई प्रश्न– भदौ २४ सम्म महाधिवेशन थाहा थिएन ? किन जिम्मेवारी पूरा गर्नु भएन ?
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले महामन्त्रीद्वय गगनकुमार थापालाई भदौ २३ र २४ गते अगाडिसम्म १५औँ महाधिवेशन गर्नुपर्छ भन्ने थाहा थिएन भनेर प्रश्न गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘२०८२ साल मंसिरमा नेपाली कांग्रेसको महाधिवेशन गर्नु छ भनेर भदौ २३ र २४ अगाडि थाहा थिएन ?’
महामन्त्री थापालाई क्रियाशील सदस्य विवाद समाधान समितिको संयोजक रहेको स्मरण गराउँदै तरुण दलका केन्द्रीय सदस्य पोखरेलले समयमा क्रियाशील सदस्यताको विवाद किन नटुङ्ग्याएको भनेर गम्भीर प्रश्न उठाएका छन् । थापाले आफ्नो जिम्मेवारीअनुसार क्रियाशील सदस्यता विवाद समाधान गर्ने संयोजकको जिम्मेवारी लिएर ३/४ जिल्ला बाहेक अरु कुनै पनि जिल्लाको विवाद मिलाउन सकेका छैनन् ।
अहिले आएर पुरानै क्रियाशील सदस्यताबाट विशेष महाधिवेशन गरौँ भनेर महामन्त्री थापा लागेका छन् । कांग्रेसको नेतृत्वबाट पुरानालाई फालेर नयाँ नेतृत्व ल्याउने भनेका महामन्त्री थापाले नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि भने पुरानै खोजेका छन् ।
‘कृयाशील सदस्यता टुङ्याउने जिम्मा पाएको समितिको संयोजकलाई जिम्मेवारी दिएको मितिबाट कति कार्य सम्पन्न गर्न सक्नुभयो ?’ महामन्त्री गगन थापाप्रति प्रश्न गर्दै नेता पोखरेलले भने, ‘तपाईलाई उक्त कार्य समयमै सम्पन्न गर्न कसले रोक्यो ?’
‘पार्टी सभापति शेरबहादुर देउवाले हो कि, पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीले हो कि ? कार्यसम्पादन समितिले हो कि ? पार्टी केन्द्रीय सदस्यले हो कि ? जिल्ला सभापतिहरूले हो कि हो ? भन्नुस् त्यस खालको प्रकृतिबिरुद्ध हामी आवाज उठाउँछौं,’ क्रियाशील सदस्यता विवाद समाधान गरेर नियमित महाधिवेशन समयमा गराउने भनेर पोखरेलले थापासँग जवाफ माग गरेका छन् ।
‘पाक्लाङ पुक्लुङ पारौं, सभापतिमाथि यहि बेला भौतिक आक्रामण पनि भएको छ, कार्यवाहक पनि दिइसक्नु भयो, भोलि संसद पुनःस्थापना भयो भने शेरबहादुर देउवा नै प्रधानमन्त्री हुन्छन्, बेला यहि हो, हुत्याइहाल्नुपर्छ भन्ने सोँच हो भने चाहिँ कृपया हामीले पनि त तपाईलाई अधिवेशन मार्फत भोट हाल्न पाउनुपर्यो नि ? त्यो अवसर चाहिँ नखोसिदिनु होला भन्न चाहन्छु,’ तरुण केन्द्रीय सदस्य पोखरेलले भनेका छन् ।
उनले भनेका छन्, ‘महाधिवेशन गर्नुपर्छ, गर्नैपर्छ । त्यो महाधिवेशनले युवा पुस्ताको भावना पनि समेटियोस् । सिर्फ पार्टी सभापति र संसदीय दलको नेता भएर प्रधानमन्त्रीको बाटो मात्र नहेरोस् ।’
‘तल्लो तह वडादेखि नै जागरुक नव युवाहरूको प्रतिनिधित्व हुने खालको महाधिवेशनको कार्यतालिका सुनिश्चित होस्,’ तरुण दलका केन्द्रीय सदस्य पोखरेलले भनेका छन् ।
‘यस्तो अवस्थामा कांग्रेसभित्र तपाईहरू न आत्तिनुस् । अभिभावकत्व ग्रहण गर्न म तयार छु । यो राष्ट्र र पार्टीलाई उठाउँछु म भन्ने एउटा नेता भेटिएन । सबैलाई पद र पावर चाहेको छ,’ तरुण नेता पोखरेलले भनेका छन् ।
‘एकचोटी, अन्तिमचोटी भन्दै कार्यकताको गिदी खल्बलाएर त्यो सत्ताको कुर्सीमा पुग्ने उद्देश्य बाहेक केही देखिन,’ पोखरेलले भने, ‘फागुन २१ गतेको आम चुनावमा पनि नि जाने, अनि वडा तहदेखिको १५औँ महाधिवेशन फगुन २१ गते अगाडि नै पनि गर्नुपर्ने रे !’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया