मन्त्री बनाउने कुरा मेरो अधिकार हो, कसैको दवाव मान्दैन, गृहमन्त्री हट्ने कुरा छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विगत केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूलाई भ्रमपूर्ण विवरण भनेर खण्डन गरेकी छिन् ।
बिहीबार प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री अर्याललाई हटाउन दवाव दिइएको भन्ने समाचारहरूप्रति प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’
प्रधानमन्त्री कार्कीको सचिवालयले भनेको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख र सुरक्षा संगठनहरूको मनोबल उच्च राख अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ ।’
‘यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ,’ प्रधानमन्त्री कार्कीको निजी सचिवालयले भनेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेनले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्री कार्कीलाई पटक पटक दवाव दिएको भनेर समाचारहरू आइरहेका बेला प्रधानमन्त्री कार्कीले नगरप्रमुख साहको सरकारमा कुनै हस्तक्षेप नरहेको जनाएकी छिन् ।
काठमाडौं महानगरका नगरप्रमुख साहले गृहमन्त्री अर्याललाई हटाएर काठमाडौं महानगरका प्रहरी राजु पाण्डे वा पूर्व एआईजी मीरा चौधरीलाई गृहमन्त्री बनाउन खोजेको भनेर समाचार आएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया