ओलीद्वारा जलेकाे घरकाे अवलोकन, सिंहदरबारमा ऐतिहासिक दस्तावेजहरू जलाएर नेपालविरुद्ध भयानक षडयन्त्र
भक्तपुर । पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जगाइएको बालकोटस्थित आफ्नो निवास अवलोकन गरेका छन् ।
बुधबार पत्नी राधिका शाक्यसँगै बालकोट पुगेर ओलीले आगलागीबाट जलेका घरका संरचनाहरुको अवलोकन गरेका हुन् । ओलीसँग एमालेका नेता, कार्यकर्ताहरू पनि बालकनेट पुगेका थिए । ओलीले भदौ २४ मा पहिलेदेखि कै योजना अनुसार आफू बस्ने घर आगलागी गरी लुटपाट गरेको बताएका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै ओलीले खासगरी सरकारका सार्वजनिक सम्पत्ति, अदालतका मुद्दा मामिलाका मिसिल फाइल, सिंहदरबारमा ऐतिहासिक दस्तावेजहरू जलाएर नेपालका विरुद्ध भयानक षडयन्त्र गरेको बताए ।
अध्यक्ष ओलीले आन्दोलनका क्रममा उद्योग व्यवसाय प्रतिष्ठानहरू, केबलकार र विद्यालय र कलेजहरू जलाएर विद्यार्थीहरूलाई पोसाकमै आन्दोलन गर्न उक्साएर दुरुपयोग गरेको बताए ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न र रोकिएका सामाजिक सञ्जालहरू सञ्चालन गर्ने सामान्य मागसहित विद्यार्थीहरू सडकमा आएको तर जेनजीका नाममा योजनाबद्ध ढंगले आगजनी, तोडफोड र लुटपातका घटना घटाइएको अध्यक्ष ओलीले आरोप लगाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया