अमेरिका भाग्याे भनिएका कांग्रेस नेता खड्का आफ्नै घरमा, `झल्लु´ गृहमन्त्री-नयाँ पत्रिका-कान्तिपुरकाे भण्डाफाेर
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अमेरिकका भागेको भनेर सार्वजनिक अभिव्यक्ति दिएको २४ घण्टाभित्र आफ्नै जलेको घरबाट नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग नडराउने बताएका छन् ।
साेमबार काठमाडौंकाे बुढानिलकण्ठस्थित आफ्नो जलेको निवास परिसरमा पत्रकार सम्मेलन गरेर उनले सरकारसँग नडराउने बताएका हुन् । खड्काले भने, ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ? म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’
कांग्रेस नेता खड्काले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिएका छन् । उनले घरमा पुगेका आन्दोनलकारीले ढोकामा हान्न थालेपछि आफूले खाना नै खान नपाएको बताए ।
‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ’, खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरूले बाहिर निकाल्नुभयो ।’
पूर्वमन्त्री खड्काले घरबाट निस्किएर छिमेकीमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको बताए । उनले भने, ‘म छिमेकीकोमा बसें । राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो, त्यसपछि तराईतिर तीन-चार दिन बसेँ ।’
कांग्रेस नेता खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको पनि बताए । ‘बिरामी भएपछि उपचारका लागि भारतमा गएँ । डेँगु भएछ । त्यहाँ केही मन्त्रीहरूसँग भेटघाट भयो’, उनले भने, `बच्चा, श्रीमती र आफू बिरामी भएका छन् । उपचार भइरहेको छ ।´
उनले अहिलेको सरकारका विषमा टिका-टिप्पणी नगर्ने पनि बताए । ‘अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्व हो । यो सरकारको विषयमा टिकाटिप्पणी छैन’, खड्काले भने, ‘परिस्थितिजन्य सिर्जित सरकारको हो । यो मुलुकको जिम्मा राजनीतिक दलहरूले, समाजमा रहेका नागरिकहरूले लिनुपर्छ ।’
कांग्रेस नेता खड्का भारत हुँदै अमेरिका भागेको भनेर गृहमन्त्री अर्यालले तुच्छ अभिव्यक्ति दिएका थिए । नयाँ पत्रिका दैनिक र कान्तिपुर दैनिक जस्ता ठूला पत्रिकाले समेत पूर्वमन्त्री एवम् कांग्रेस नेता खड्का देश छाडेर अमेरिका भागेको भनेर गलत समाचार प्रकाशित गरेर भ्रम फैलिएका छन् । कांग्रेस नेता खड्का भाग्ने व्यक्ति हाेइनन् । परिस्थितिकाे सामना गर्न गर्न सक्छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया