कांग्रेस नेता खतिवडाद्वारा ओखलढुङ्गाका कैदीहरूलाई खसी प्रदान
काठमाडौं नेपाली कांग्रेसका नेता एवम निवर्तमान सांसद रामहरि खतिवडाले दशैंको अवसर पारेर जिल्ला कारागार ओखलढुङ्गामा रहेका कैदी, बन्दीहरूलाई खसी उपहार दिएका छन् ।
आइतबार कारागारमा पुगेर खतिवडाले कैदी, बन्दीहरूलाई खसी प्रदान गरेका हुन् । उनले हरेक वर्ष खसी दिँदै आएका छन् ।
यस वर्ष पनि खतिवडाले खसी उपलब्ध गराएपछि कैदी, बन्दी र थुनुवाहरूमा खुशी भएका छन् । खसी प्रदान गर्ने क्रममा नेता खतिवडासँगै कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार, नेपाली कांग्रेस ओखलढुङ्गाका सभापति तेजेन्द्र खनाल, सचिव अजय लुईंटेल, महाधिवेशन प्रतिनिधि नवीन राई, नेताहरू चन्द्रबहादुर कार्की र प्रदेश संगठन विभाग प्रमुख राजन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2025 September 28, 10:02 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया