जेनजी आन्दोलनपछिको रणनीति बनाउन कांग्रेसद्वारा बैठक आह्वान, भावी तयारी हुने

काठमाडौं । नेपाली कांगेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

जेनजी आन्दोलनको नाममा भएको प्रदर्शन, घुसपैठ र सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य डा.आरजु राणामाथि निवासभित्रै प्रवेश गरेर हत्या प्रयास भएको, भावी रणनीति लगायतका विषयमा छलफल गर्न कांग्रेसले कार्यसमिति बैठक बोलाएको हो ।

सभापति देउवाले समग्र राजनीतिक विषयमा रणनीति बनाउन केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका हुन् । कांग्रेसविरुद्ध निरन्तर प्रहार भइरहेका बेला सभापति देउवाले कार्यसमितिको बैठक बोलाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २०८२ असोज २६ गते आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बैठक बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव पौडेलद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2025 September 27, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया