गोदावरी नगरपालिकाको भवन जलाउन आएका प्रदर्शनकारीको प्रतिकार, स्थानीयले कुटेर लखेटे

काठमाडौं । जेनजीको नामबाट हेलमेट र मुखमा मास्क लगाएर ललितपुरको गोदावरी नगरपालिका जलाउन आएका केही युवाहरूलाई स्थानीयले प्रतिकार गरेर लखेटेका छन् ।

मंगलबार चापागाउँस्थित गोदावरी नगरपालिकाको कार्यालयलाई जलाउने प्रयास भएको थियो । जेनजीको नामबाट नगरपालिकाको भवनमा ढुङ्गा प्रहार गरेर क्षति गर्न लागेको थाहा पाउनेवित्तिकै स्थानीयहरू प्रतिकारमा उत्रिएका थिए ।

ठूलो संख्यामा आएका प्रदर्शनकारीलाई स्थानीयले कुटपिट गरेर लखेटेको स्थानीयहरूले बताएका छन् । स्थानीयहरूले गोदावरी नगरपालिकाको कार्यालय भवनलाई बचाएर सुरक्षित राखेका छन् । गोदावरी नगरपालिकाको कार्यालयलाई जलाउन प्रदर्शनकारीले तीन पटकसम्म प्रयास गरेका थिए । तीन पटक नै स्थानीयले प्रतिकार गरेर बचाएका छन् । प्रदर्शनकारीले झुक्काएर प्रहार गरेको ढुङ्गाले झ्यालका केही सिसाहरू फुटेका छन् ।

जनताको करबाट बनेको भवनलाई जलाउन पाइँदैन भनेर स्थानीयले नगरपालिकाको भवनलाई संरक्षण गरेरा रखेका हुन् । चापागाउँ ज्यापु समुदायको पुरातत्विक बस्ती मानिन्छ । ज्यापु र अन्य समुदाय मिलेर बसेको छ । आफ्नो सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि ज्यापु र अन्य समुदाय मिलेर गोदावरी नगरपालिकाको भवनलाई जल्न र क्षति हुनबाट बचाएका छन् ।

मंगलबार चापागाँउस्थित महानगरिय प्रहरी बृत्त र प्याङगाँउस्थित प्रहरी विटमा आन्दोलनकारीहरूले आगो लगाएर पूर्ण रुपमा नष्ट गरिदिएका छन् ।

Published : Wednesday, 2025 September 10, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया