युवा नेता रावलद्वारा सभापति देउवामाथि भएको सांघातिक आक्रमणको विरोध, तरुण–विद्यार्थीलाई विशेष आह्वान
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता योगेन्द्र रावलले सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै लोकतन्त्रका लागि शिरमा कपन बाँधेर सडकमा आउन तयार रहेको बताएका छन् ।
मंगलबार नेता रावलले सामाजिक सञ्जालमार्फत सभापति देउवामाथि भएको भौतिक आक्रमणको कडा शब्दमा निन्दा एवम् भर्त्सना गरेका छन् । उनले नेविसंघ र तरुण दललाई सभापति देउवामाथि भएको आक्रमणको विरोधमा शिरमा कफन बाँधेर सडकमा ओर्लिन आह्वान गरेका हुन् ।
नेता रावलले भने, ‘कांग्रेस पार्टी सभापतिमाथिको भौतिक आक्रमण निन्दनीय छ । प्रिय महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा सडकमा आउन किन ढिला ? नेविसंघ अध्यक्ष दुर्जाङ शेर्पा र तरुण दल अध्यक्ष विद्वान गुरुङ कुन दुलोमा हो ? शिरमा कपन बाध्न तयार छु ! आह्वान गरियोस् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया