कथित जेनजी पुस्ताको आन्दोलनमा राजावादी, प्रचण्ड, दुर्गा, रविहरूको साथ
काठमाडौं । कथित जेनजी पुस्ताको नामबाट काठमाडौंमा हुन लागेको प्रदर्शनमा नेकपा (माओवादी केन्द्र), राजावादी, सहकारी ठगी र संगठित अपराधका अभियुक्तहरूले समर्थन गरेका छन् ।
सत्ता र सत्तामा रहेका नेताहरूको परिवारको विरोधको नाममा संभ्रान्त परिवारका व्यक्तिहरूले कथित जेनजी पुस्ताको बहानामा प्रदर्शन गर्न लागेको हो । जेनजी पुस्ताको नाममा हुन लागेको कथित आन्दोलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यको संलग्नता रहेको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । आन्दोलनका लागि लाग्ने खर्च आचार्यको समूहले गरेको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले पनि कथित जेनजी पुस्ताको नाममा हुन लागेको प्रदर्शनमा सबै प्रकारका समर्थन गरेको चर्चा छ ।
कथित जेनजी पुस्ताको नाममा हुन लागेको आन्दोलनमा सहभागीहरूले प्रचण्ड र प्रचण्डकी छोरी गंगा दाहालसहितका परिवारका सदस्य, सहकारी ठगी तथा संगठित अपराधमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, निकिता पौडेल, सरकार पदमा रहेका उच्च पदाधिकारी तथा कर्मचारीहरू, ठूला व्यापारीहरूका विषयमा केही लेखेका छैनन् । तर, सत्तामा रहेका केही व्यक्ति जो सम्भावना बोकेका नेताहरू छन्, जसले मुलुकका लागि योगदान दिएको छ उनीहरूविरुद्ध तेजोबद्ध हुने गतिविधि भइरहेका छन् । कथित जेनजी पुस्ताको आन्दोलनमा सम्भ्रान्त व्यक्तिहरू जसले सधैँ ठगी धन्दा चलाएको छ त्यस्ताहरूको समर्थन देखिएको छ ।
जेनजी पुस्ताको नाममा सोमबार बिहान काठमाडौंको माइतीघरमा प्रदर्शन हुन लागेको छ । आन्दोलनलाई समर्थन गर्नेमा राजावादी आन्दोलनका अगुवा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समेत समर्थन रहेको छ । माओवादीका नेताहरूले पनि आन्दोलनमा समर्थन गरेका छन् ।
जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका)को नाममा नेताहरूको चरित्रहत्या हुने गरेर सामाजिक सञ्जालमा भिडियो हाल्ने लगायतका गतिविधि भइरहेका छन् ।
जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन् । उनीहरूले सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचरविरूद्ध प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए । छलफलपछि माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम तय भएको बुझिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया