सभापति देउवाको गृहजिल्ला डडेल्धुराले बोलायो कार्यसमितिको बैठक, अगुवा नेताहरूलाई विशेष निर्देशन
तुफानडाँडा । नेपाली कांग्रेस, डडेल्धुराले जिल्लाको समग्र राजनीतिक विषयमा छलफल गर्न जिल्ला कार्यसमितिको बैठक बोलाएको छ ।
समसामहिक विषयमा महत्वपूर्ण छलफल गर्नु पर्ने भएकाले जिल्ला कार्यसमितिको बैठक बोलाइएको सचिव शेरबहादुर भण्डारीले बताएका छन् । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, सुदूरपश्चिम प्रदेशका सदस्यहरू, प्रदेश सभा क्षेत्रीय सभापतिहरू, पालिका सभापतिहरू, नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका, गाउँपालिका प्रमुख तथा उपप्रमुखहरू, वडाध्यक्षहरू, ५२ वटै वडाका वडा सभापतिहरू र भ्रातृ संघ, शुुभेच्छुक संस्थाका जिल्ला, प्रदेश सभा क्षेत्र, पालिका अध्यक्षहरूको अनिवार्य उपस्थितिका लागि सूचना जारी भएको छ ।
२०८२ भाद्र २४ गते नेपाली कांग्रेस, डडेल्धुराको पार्टी कार्यालय, तुफानडाँडामा बिहान १०ः३० बजे बस्नेछ ।
डडेल्धुरा जिल्ला नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पर्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया