चीनले आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप लागेका बेला उपेन्द्र र नारायणकाजीबीच भेट
काठमाडौं । चीनले नेपालका केही कम्युनिस्ट नेताहरूमार्फत आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजेको आरोप लागेका बेला नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ ।
सोमबार बिहान ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा उनीहरूका बीच भेट भएको हो । श्रेष्ठ र यादव दुबै जना नेता चीन निकट मानिन्छन् ।
अध्यक्ष यादवसँगको भेटका बारेमा उपाध्यक्ष श्रेष्ठको सचिवालले भनेको छ, ‘संघर्षशील शक्तिहरूले यथास्थितिमा आफूलाई नराखेर देशको अहिलेको परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिन नयाँ पहलकदमी लिनुपर्ने आवश्यकताका बारेमा नयाँ सिराबाट अगाडि बढ्ने बारेमा छलफल भयो ।’
श्रेष्ठले भने, ‘सबैले आ–आफ्ना कमजोरीका निम्ति आत्मालोचना गर्दै अहिलेको सन्दर्भमा एकताबद्ध भूमिकाको दिशामा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेबारे पनि भेटमा छलफल भएको छ ।’
केही महिला अगाडि चीनको भ्रमण गरेर आएपछि श्रेष्ठले कम्युनिस्ट नेताहरूसँगको भेटलाई तिब्रता दिइरहेका छन् । चीनले नेपालका कम्युनिस्ट नेता र पार्टीहरूलाई मिल्न वा वाम एकता गर्न दवाव दिँदै आएको छ ।
उपाध्यक्ष श्रेष्ठले यसअघि, चीन निकट भनेर चिनिएका झलनाथ खनाल र विद्यादेवी भण्डारीसँग पनि भेट गरिसकेका छन् । उनीहरूका बीच कम्युनिस्ट एकताका विषयमा कुराकानी भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया