लैङ्गिक संवेदनशीलताको सुझावलाई कार्यान्वयन गर्नुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन् ।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय आयोजित कार्यक्रममा सभापति देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा समग्र सामाजिक रूपान्तरणको एक महत्वपूर्ण विषय भएको बताए ।
उनले लैङ्गिक संवेदनशीलतामा सबै संवेदनशील बन्ने हो भने मात्रै सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताए ।
‘लैङ्गिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन,’ देउवाले भने, ‘यो समग्र सामाजिक रुपान्तरणको एक महत्त्वपूर्ण विषय पनि हो। हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिन्छ ।’
सभापति देउवाले भने, ‘लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरू, राजनीतिज्ञहरू, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिन्छ ।’
‘लैङ्गिक संवेदनशीलताको सुझावहरूलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ,’ सभापति देउवाले भने ।
लैङ्गिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने उनले बताएका छन् ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय, भीष्मराज आङदम्बे र जीवन परियार, केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, मीनबहादुर विश्वकर्मा, कर्ण बुढा, गणेश लामा, नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र राउत,
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया