सहकारी ठगका अभियुक्त रविको २ करोड ७४ लाखको स्रोत के हो ?
काठमाडौं । सहकारीको करोडौं रकम ठगीको अभियोगमा जेलभित्र पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका लागि शुभचिन्तकहरूबाट रकम उठाएको घोषणा उपसभापति स्वर्णिम वाग्लेले गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले सभापति लामिछानेको धरौटीका लागि आवश्यक रकम जुटाउन पारिवारिक स्रोत र शुभचिन्तकहरूको ठूलो साथ रहेको बताए ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले २ करोड ७४ लाख रुपियाँभन्दा बढीको बैंक ग्यारेन्टी बुझाएपछि त्यसको स्रोतबारे उठेको प्रश्नमा वाग्लेले परिवार र शुभचिन्तकहरूबाट रकम संकलन गरिएको दाबी गरेका हुन् ।
उपसभापति वाग्लेले भने, ‘यो उहाँको (रवि लामिछानेको) व्यक्तिगत विषय हो, पार्टीले यति ठूलो रकम सहयोग गर्न सकेको छैन । यो रकम उहाँको पारिवारिक स्रोत र शुभचिन्तकहरूबाट जुटेको हो ।’
‘उहाँको आफ्नै बहिनीले जग्गा बेचेर राख्नुभएको, श्रीमती निकिताजीमार्फत र अनगिन्ती शुभचिन्तकहरूबाट सहयोग जुटिरहेको छ,’ वाग्लेले भने, ‘तपाईंहरूले चितवनमा जनताले लालपुर्जाको मुठै ल्याएको देख्नुभयो होला । त्यसैले रवि लामिछानेलाई डेढ–दुई करोड जुटाउन शुभचिन्तकको कमी छ जस्तो मलाई लाग्दैन ।’
वाग्लेले पार्टीले यस्ता कानूनी लडाइँका लागि औपचारिक रूपमा कानूनी प्रतिरक्षा कोष स्थापना गरेको बताए । ‘आज रविजीलाई प¥यो, भोलि अरू नेतालाई पर्न सक्छ,’ उनले भने, ‘त्यसैले हामीले यसलाई औपचारिकता दिएर स्वैच्छिक योगदानका लागि कोष बनाएका छौं ।’
सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका सभापति लामिछानेले आफूमाथि लगाइएको अभियोग बराबरको बैंक ग्यारेन्टी रुपन्देही जिल्ला अदालतमा बुझाउँदै थुना बाहिरबाटै मुद्दाको सामना गर्न पाउनुपर्ने मागसहित निवेदन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया