कैलाली कारागारभित्र झडप, एकजनाको मृत्यु, सुरक्षाकर्मी प्रवेशमा अबरोध
धनगढी । कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार राति धनगढी उपमहानगरपालिका वडा नं. ४ का ४० वर्षीय भरत चौधरीमाथि कुटपिट हुँदा गम्भीर घाइते भएका थिए । चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
झडपमा अन्य ४० जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । मृतक चौधरीमाथि लागूऔषधको मुद्दा थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ । झडपको भित्री कारण खुलेको छैन । कैदीहरूलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको छ ।
एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।
सुरक्षा स्रोतका अनुसार अहिले स्थिति नियन्त्रण बाहिर रहेको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको स्रोतको भनाइ छ ।
कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया