एमालेद्वारा उपप्रमुख गंगालाई अनुशासनको कारबाहीसहित निलम्बन
तम्घास । नेकपा (एमाले), गुल्मीले मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई निलम्बन गरेको छ ।
एमाले जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले उपप्रमुख श्रेष्ठलाई १ वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरी निष्कासन गर्ने निर्णय गरेको हो । गुल्मी एमालेका अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको बताएका छन् ।
उपप्रमुख श्रेष्ठ गुल्मी एमालेको जिल्ला कमिटी सदस्य पनि हुन् । एमालेले श्रेष्ठलाई असार २९ गते स्पष्टीकरण सोधिएको थियो । श्रेष्ठले ३२ गते लिखित जवाफ दिएकी थिइन् ।
उपप्रमुख श्रेष्ठले आफूलाई कारबाहीको पत्र प्राप्त भइनसकेको बताएकी छिन् । आफ्नो अधिकार खोज्दा कारबाहीमा परेको उनले बताएकी छिन् ।
उपप्रमुख श्रेष्ठले मुसिकोट नगरपालिकामा बजेट निर्माणमा असहमति जनाएकी थिइन् । मुसिकोट नगरपालिकाको नगरप्रमुख पनि एमालेले जितेको छ । नगर प्रमुख र उपप्रमुखबीच विवाद छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया